लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

0
83

भदौ २७,२०८० रुपन्देही : लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

 

प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन् ।

 

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेको प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ ।

SHARE