गुल्मी अदालतमा लक्ष्य भन्दा बढी मुद्धा फर्स्यौट

0
91

भदौ २३,२०८० गुल्मीः गुल्मी अदालतले आर्थिक वर्ष २०७९।८० मा ८१ प्रतिशत मुद्धा फर्स्यौट गरेको छ ।अदालतले  सञ्चारकर्मीसंग विशेष भेटघाट कार्यक्रमको आयोजना गर्दै अदालतको एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको हो ।

 

आर्थिक वर्ष २०७९।८० मा ७ सय १२ वटा मुद्धा दर्ता भएकोमा ५ सय ७६ फर्स्यौट भएका छन् भने १ सय ३६ वटा बाकी रहेको अदालते जनाएको छ । अदातलतले सरल, सामान्य, विशेष र मार्ग समुहमा नपर्ने गरी चार समुहमा विभाजन गरेर मुद्धाको फर्स्यौट गरेको थियो ।

 

नागरिकता देखी निषेधाज्ञा सम्मका मुद्धा दर्ता हुदाँ, सबैभन्दा धेरै मुद्धा सम्बन्ध विच्छेदका परेका छन् । आर्थिक वर्ष २०७९।८० मा ३ सय ८२ वटा सम्बन्द विच्छेदका मुद्धा परेको अदालतको तथ्यांकमा उल्लेख गरिएको छ । गुल्मी अदालतले असहाय तथा थुनुवाहरुको मुद्धा बैतनिक कानुनी व्यवसायी नियुक्ती गरी असहाय तथा थुनुवाको तर्फबाट निःशुल्क बहस तथा पैरवी गदैै आएको अदालतले जनाएको छ ।

SHARE