भदौ २१ ,२०८०चितवन: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारको जग्गा छिट्टै सरकारको नाममा आउने बताएका छन् ।
सामुदायिक रेडियो माडीको १३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रेष्ठले प्रभावशाली राजनीतिक व्यक्ति मिलेर बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने काम गरेकाले त्यसलाई निस्तेज पारेर सरकारको नाममा ल्याइने दाबी गरे।