
भदौ२१ ,२०८० गुल्मीःरेसुंगा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।


भदौ १० गतेको कार्यपालिका बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।

रोपाइँ जात्राको अवसरमा नगरपालिका मातहतमा रहेका वडा कार्यालय,बिद्यालय, स्वास्थ्य संस्था लगायतका संघ संस्थाहरु पूर्ण रुपमा बन्द रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।