
भदौ२०,२०८० मकवानपुर : जबरजस्ती करणी गरेको अभियोगमा हेटौँडाका एक निजी अस्पतालका सञ्चालक समेत रहेका डा। बसिम राईलाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौँडा १ स्थित सिटी अस्पतालका सञ्चालक राईलार्ई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका घर भई हेटौँडामा डेरा गरी बस्दै आएका ३६ वर्षीय राईले आफ्नै डेरा कोठामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






