
भदौ २०,२०८०गोरखा :प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ।
गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ।






