लुम्बिनी सहितका प्रदेशमा हल्कादेखि मध्यम वर्षा

0
161
फाइल फोटो

भदौ २०,२०८०काठमाडौं :आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली छ।

 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

SHARE