गुल्मीका सात स्थानीय तहमा निजी प्रहरी

0
94
रेसुङगा नगरपालिकाका नगर प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा तालिम प्रदान पश्चात लिइएको सामुहिक तस्विर : तिलाचन पाण्डे

खबरमार्केट ब्युरो
भदौ १८,२०८० गुल्मीः गुल्मीका सात स्थानीय तहमा निजी प्रहरी हुने भएका छन् रुरुक्षेत्र गाउँपालिकाले पनि निजी प्रहरी भर्ना गर्ने भएपछि गुल्मी जिल्लाका सात स्थानीय तहमा निजी प्रहरी हुने छन् ।

गाउँपालिकाले गाउँकार्यपालिकाको मातहतमा रहने गरी गाउँपालिकाको नगर प्रहरी ऐन २०७९ तथा नगरप्रहरी संचालन सम्बन्धी कार्यविधि २०७९ अनुसार नगरप्रहरी भर्ना गर्न लागिएको रुरुक्षेत्र गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

नगरप्रहरी सहायक निरीक्षक एक जना र अन्य चार जना जवान रहने गरी नगरप्रहरी भर्ना गर्न लागिएको छ । जसमा सहायक निरीक्षक खुल्ला,एक जना प्रहरी जवान खुल्ला,अन्य तीन जना महिला, दलित, जनजाती, आदीवासी आरक्षणबाट भर्ना गरिने गाउँपालिकाले जनाएको छ ।

नगरप्रहरी भर्नाका लागि भदौ ७ गतेदेखी १५ दिन भित्र आवेदन दिन सक्ने ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै जिल्लाको मुसिकोट नगरपालिका ,रेसुङगा नगरपालिका, मालिका,इश्मा,धुर्कोट र सत्यवती गाउँपालिकाले यस अगाडि नै पालिका मातहतमा रहने गरी नगर प्रहरी भर्ना गरिसकेका छन् ।

रेसङुगां नगरपालिकाले २०७६ सालमा सातजना नगरप्रहरी नियुक्त गरेका मध्ये एकजना हवल्दारले बीचमै छाडेकाले अहिले सो पद खाली छ । बाँकी रहेका ६ जना जवान मध्ये दुई महिला र चार पुरुष छन् । उनीहरुले सदरमुकाममा ट्राफिक व्यवस्थापन, वातावरण सरसफाई, कार्यालय सुरक्षा, विमानस्थलको सुरक्षा, बजार अनुगमन लगायतका कार्य नगर प्रहरीका मुख्य काम रहेका छन् । आवश्यक परेको खण्डमा जुनसुकै बेला नगरप्रहरी परिचालित हुने नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए । नगरपालिकाले जवानको लागि मासिक १५ हजार पारिश्रमिक निर्धारण गरेको छ । त्यसबाहेक बार्षिक दुई जोर कपडा र रासन भत्तास्वरुप मासिक तीन हजार पाँच सय उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

 

जिल्लाको धुर्कोट गाउँपालिकाले सबैभन्दा पहिले २०७५ चैत १ गते पाचँजना नगरप्रहरी नियुक्त गरेको थियो । जसमध्ये दुई महिला र तीन पुरुष छन् । त्यसमध्ये पनि एकजनालाई प्रहरी सहायक निरीक्षकको दर्जा दिइएको छ । प्रहरी सहायक निरीक्षकको लागि २२ हजार र जवानको लागि १९ हजार पारिश्रमिक निर्धारण गरिएकोे गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

 

SHARE