गुल्मी अस्पतालको लाहापरवाहीले बिरामीको मृत्यु

0
197

हुमाकान्त पोखरेल,
भदौ १२,२०८० गुल्मी :गुल्मी अस्पतालको लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान मृत्युु भएको हो ।

प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाको ज्यान गएको पन्थीले बताए ।

घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्कोट ०३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनुपरेको बताए । आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिज साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएको बताए ।

अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए ।

SHARE