खोलाले बगाएर बेपत्ता भएका आमाछोराको शव फेला

0
69

भदौ १०,२०८० : घाँस काट्न जाँदा खोलाले बगाएर बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ रागेचुरीका आमाछोराको शव फेला परेको छ।

 

घाँसको भारी लिएर घर फर्कंदै गर्दा स्थानीय खड्कुले खोला पार गर्ने क्रममा तीन दिनअघि बगाएर बेपत्ता भएका छोरा २८ वर्षीय राजकुमार गोलेको शव हरिहरपुरगढी गाउँपालिका–६ को क्यानखोला र खड्कुले खोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ। ५७ वर्षीया आमा मायाकुमारी गोलेको शव भने रौतहटको बागमती किनारमा आइतबार बिहान फेला परेको छ।

 

ती आमाछोरा स्थानीय ब्रह्मठाकुर सामुदायिक वनको जंगलमा घाँस काटेर फर्किंदा खोलाले बगाएर बेपत्ता भएका थिए।

SHARE