बढि मूल्यमा पेट्रोल बेच्ने पम्प संचालक पक्राउ 

0
516

माघ १६, २०७६ दाङ : दाङमा तोकिएको भन्दा बढि मूल्यमा पेट्रोल बेच्नेलाई पम्प संचालकलाई प्रहरीले पक्राउ गरिएको छ। दाङको बबई गाउँपालिका ५ हापुरेस्थित राम सप्लायर्स पेट्रोल पम्पका संचालक रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तोकिएको भन्दा बढि मूल्यमा डिजेल तथा पेट्रोल बिक्री–वितरण गरेको गुनासो आएपछि प्रहरीले निजलाई बुधबार दिउँसो २ बजे पक्राउ गरेको हो। वलीले बिल नम्बर १३३२ मा प्रति लिटर एकसय १५ रुपैँयाका दरले पेट्रोल बिक्री गरेको प्रमाण नै भेटिएको र यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

SHARE