गुल्मीमा राहदानी बनाउनेको संख्या वार्षिक दोब्बरले वृद्धि

सात करोड ३१ लाख ९० हजार राजश्व संकलन

0
118
जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनेको भीड । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
साउन ६,२०८० गुल्मीः गुल्मीमा गत साउनदेखी असार मसान्तसम्म १५ हजार ८६ जनाले राहदानी बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत साउन महिनामा एक हजार २४६, भदौमा एक हजार ५८,असोजमा एक हजार ९७, कार्तिकमा एक हजार ६०,मंसिरमा एक हजार २७२, पुसमा एक हजार ३७४, माघमा एक हजार ३६५ फागुनमा एक हजार ३२३ ,चैतमा एक हजार ३०३ ,वैशाखमा एक हजार १५५, जेठमा एक हजार ६६० र असारमा एक हजार १७२ जनाले राहदानी बनाएको प्रशासन जिल्ला प्रशाासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए ।
राहदानीबाट यस समय अवधिमा सात करोड ३१ लाख ९० हजार राजश्व संकलन भएकोे प्रशासनले जनाएको छ ।

आर्थिक वर्ष २०७८।०७९मा सात हजार ४०९ जनाले राहदानी बनाएका थिए भने जसबाट तीन करोड ७१ लाख ६७ हजार राजश्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७७।०७८ मा दुई हजार २४५ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासन फाँटका नायव सुब्बा प्रेमराज खनालले जानकारी दिए । सो समयमा राहदानीबाट १ करोड ८६ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

१० हजार बढीले लिए नयाँ नागरिकता
गत साउन महिनादेखी असार मसान्तसम्म्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट वंशजको आधारमा १० हजार ३६७ जनाले नागरिकता लिएका छन् । यस्तै बैबाहिक अंगितकृत अन्र्तगत १५ जना , जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबु आमाका छोराछोरीलाई बंशजको आधारमा ४ जना , नाबालक परिचयपत्र ५७९ जनाले लिएका प्रशासन कार्यालयले जनाएको छ ।यस अवधिमा छ हजार ४५१ जनाले नागरिकताको प्रतिलिपि लिएको प्रशासनको विवरणमा उल्लेख छ ।

१८ हजार बढीले दर्ता गरे परिचयपत्र

एक वर्षको अवधिमा १८ हजार १८३ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जसमध्ये छ हजार ५६६ जना महिला र ११ हजार ६१७ जनाले विवरण दर्ता गराएका हुन् । यस अवधिमा ७२५ जनाले राष्ट्रिय परिचयपत्र लिएको प्रशासनको वार्षिक विवरणमा उल्लेख छ ।

SHARE