एक असल अभिभावक गुमायौं : नेकपा माओबादी केन्द्र गुल्मी

0
132

असार २८,२०८० गुल्मीः नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मीका इन्चार्ज वीरबहादुर कार्कीले पार्टीका सल्लाहकार सीता दाहालको निधनले पार्टीमा एक असल अभिभावक गुमाउनुपरेको बताउनुभयो ।

जिल्ला पार्टी गुल्मीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै कार्कीले सीता दहाल पार्टीभित्र एक असल अभिभावक भएको चर्चा गर्दा उहाँको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको बताउनुभएको छ । दाहाल सरल ब्यक्तित्व र पार्टीलाई एकताबद्ध गर्नमा उहाँको ठूलो भूमिका रहेको बताउनुभएको छ ।

जिल्ला सचिव अशोक थापाले सीता दाहाल पार्टीको असल अभिभावक र योजनाकार भएको चर्चा गर्दै उहाँको निधनले पार्टी स्तब्ध भएको बताउनुभएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा रेसुंगा नगरकमिटी गुल्मीका अध्यक्ष गिरी महाहाकिम,अनेमसंघ का्रन्तिकारी गुल्मीका प्रमुख गीता थापा, जिल्ला स्थित जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरु र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

SHARE