कार्यपालिका छोडेर मुख्यमन्त्रीमा

0
338

टोपलाल अर्याल
माघ १५,२०७६ गुल्मी :जनप्रतिनिधी विदेश भ्रमण गएर लुकेका खबर नआएका होइनन् । कसैले गैरकानुनी काम गरेर फसेमा पनि । पहिले जनप्रतिनिधी बन्नु आफ्नो राजनैतिक कर्म र प्रतिष्ठा ठान्ने तर पछि त्यसबाट उन्मूति खोज्ने प्रवृति देखिन थालेका छन् । त्यसले आम मतदातालाई पनि निराश बनाएको छ । राजनैतिक पृष्ठभुमीमै हुर्केर त्यो बेला अवसरबाट बञ्चित भएका अन्य व्यतिmको प्रतिस्प्रर्धा पनि गुमेको हुन्छ । त्यस्तै केहि उदाहरण गुल्मीमा भेटिएका छन् । कार्यपालिका सदस्य स्थानीय सरकारको महत्वपूर्ण पद हो । वडाध्यक्ष हैसियतकै यो पदको भुमिका र अवसर निकै महत्वपूर्ण भएपनि जिल्लाका केहि कार्यपालिका सदस्यहरुले यो पद छोडेर जागिर खाने तथा परिवारको समस्या देखाएर गुमनाम हुने गरेका छन् । धुर्कोट गाउँपालिकाका कार्यपालिका सदस्य हरिकृष्ण विकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा जागिर खाएका हुन् । उनले जिल्लाको मालिका, मदाने र इस्मा गाउँपालिकामा सहजकर्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयका सुचना अधिकारी यमकान्त पाण्डेयले बताए । उनी पहिलो चरणमा बैकल्पिकमा परेका थिए । पछि सवै स्थानीय तहमा कार्यक्रम संचालन भएपछि विकलाई छनौट गरिएको पाण्डेयले बताए । धुर्कोट गाउँपालिका ३ निवासी विक नेपाली कांग्रेसको तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । उनले गत २६ भदौमा कार्यपालिका सदस्यबाट राजीनामा दिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।
रोशनीले परिवारसंगै कार्यपालिका त्यागिन
जिल्लाको कालीगण्डकी गाउँपालिकाकी कार्यपालिका सदस्य रोशनी थापा एक बर्षदेखि बेखबर छन् । उनी एक बर्षदेखि पारिबारीक समस्याले वैठक र सभाहरु उपस्थित छैनन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट कालीगण्डकी गाउँपालिका ३ जयखानीको वडा सदस्यमा तीन सय ६५ मतले थापा बिजयी भएकी थिइन् । उनले तत्कालिन नेकपा एमाले र जनमोर्चाको संयुक्त उमेदवार कमला आलेलाई पराजीत गरेकी हुन् । गत बर्षको माघबाट वडा र कार्यपालिकाका कुनै बैठकहरुमा आफु सहभागी नभएको थापाले बताइन् । उनले पारिवारीक समस्याले घरमा बस्ने अवस्था नभएकाले गाउँ छोडेर वुटवलमा छोराछोरी पढाएर बस्दै आएको बताइन् । ‘गाउँमा अर्को बिबाह गरेको आरोप लगाए, परिवार र आफन्तको तनावले गाउँ छोडेँ,’उनले भनिन,‘परिवारनै नभएपछि पद त्यस्तै हो ।’ परिवारका सदस्यले भने अर्का ठाउँ बिबाह गरेर गएको आरोप लगाए । वडाध्यक्ष हेमचन्द्र बुढाले पटक–पटक बोलाउने प्रयास गरेपनि आफै बेखबर भएको बताए । उनले वडा तथा गाउँपालिकामा राजीनामा भने बुझाएका छैनन् ।
बैठकमै आउँदैनन्, शेर बहादुर
मालिका गाउँपालिका वडा नं १ नेटाका सदस्य शेर बहादुर श्रीस पनि बेखबर छन् । उनी पनि नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । गत बर्षनै वडाका बैठकहरुमा कम उपस्थित हुन्थे । अहिले अधिकांश बैठकहरुमा उपस्थितनै भएनन् । श्रीस पारिवारीक समस्याका कारण देखाउँदै बैठकहरुमा नआउने गरेको वडाध्यक्ष इन्द्र बहादुर थापाले जानकारी दिए । निर्वाचित भएपछि जनप्रतिनिधीको रुपमा सेवा सुविधा लिने तर वडाका बैठक र काममा सक्रियता नदेखाएको भन्दै स्थानीय र अन्य जनप्रतिनिधीले पनि आलोचना गर्दै आएका थिए ।

SHARE