सल्यान दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

0
187

असार २१,२०८० सल्यान : सल्यानमा गुडिरहेको बसमा विद्युत प्रवाह हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

गम्भीर घाइते बस साहु जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका(६ लान्तीका अन्दाजी वर्ष ३३र३४ को महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

ओलीको दाङ तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। यसअघि एकै घरका रोल्पा गंगादेव गाउँपालिका वडा नं। ४ बस्ने वर्ष करिब ७०र७२ को बालराम डाँगी र उनकै छोरा वर्ष करिब ४०र४२ को टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो।

बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलास्थित दाङ तुल्सीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छोइँदा बसमा करेन्ट लागेको थियोे। बसमा १९ यात्रु थिए ।

SHARE