कृषि र पर्यटनलाई ब्यबसायीकरण गर्न जोड :अध्यक्ष तिमिल्सिना

0
393

तिलाचन पाण्डे
माघ १५,२०७६ गुल्मी  :राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कृषि र पर्यटनको माध्यमबाट देशको आर्थिक बिकास गर्न सकिने बताएका छन् । बुधबार जिल्लाको मुसिकोट नगरपालिकामा रहेको गुल्मी मुसिकोट उधोग बाणिज्य संघले आयोजना गरेको प्रथम गुल्मी मुसिकोट महोत्सवको उदघाटन गर्दै तिमिल्सिनाले देशको आर्थिक बिकासका निम्ति कृर्षिलाई ब्यबसायीकरण गरी आर्थिक रुपमा सक्षम बन्न सक्नेमा जोड दिए । कृषिलाई ब्यबसायीकरण गरी उत्पादनमा बृद्धि गर्न सकेमा आर्थिक रुपमा अगाडी बढन सक्ने भन्दै उनले बर्तमान सरकारले पनि ब्यबसायीक कृषिका लागि जोड दिएको भन्दै उत्पादनमा जोड दिई कृषि र पर्यटनको माध्यमबाट आर्थिक रुपमा सक्षम बन्न सक्नेमा जोड दिए । गुल्मीको कफीलाई अझ ब्यबसायीकरण गरी बिदेशमा समेत निर्यात गर्ने गरी उत्पादनमा जोड दिन उनले आग्रह गरे ।
अब नेपालको सन्र्दभमा अन्य केही लडाईको आवश्यक नभएको भन्दै गरिबी न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिए । उनले गरिबी न्यूनिकरणका लागि कृषि र पर्यटनलाई ब्यबसायीकरण गरी गरिबी अन्त्य गर्न सकिनेमा जोड दिए ।
जिल्लामा रहेको धार्मिक एबम पर्यटकिय क्षेत्रको प्रचार प्रसार , स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि महोत्सबको आयोजना गरिएको महोत्सब मुल आयोजक समितिले जनाएको छ ।
स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रहरु मुसिकोट दरवार , ग्वादीका चौरलाई धार्मिक एबम पर्यटकीय स्थलका रुपमा प्रचार प्रसार गर्ने , आन्तरिक पर्यटकलाई आर्कषित गर्न र त्यसको महत्वलाई बुझाउनका निम्ति महोत्सबको आयोजना गरिएको प्रचार प्रसार संयोजक ज्ञानहरी सापकोटाले जानकारी दिनुभयो । यस्तै स्थानीय स्तरमा रहेको मौलिक लोक संस्कृति कफीको उदगम स्थल गुल्मीको आपचौरको बारेमा प्रचार प्रसार गर्नका लागि महोत्सले ठुलो भूमिका खेल्ने सापकोटाले जानकारी दिए ।
महोत्सबमा कूल एक सय ५० स्टलहरु रहने र कृषि , शैक्षिक प्रर्दशनिका लागि निशुल्क रुपमा स्टलको ब्यबस्थापन गरिएको मुल आयोजक समितिले जनाएको छ । महोत्सबमा करिब एक लाख दर्शकले अबलोकन गर्ने र पाँच करोण बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिएको मुसिकोट उधोग बाणिज्य संघका अध्यक्ष सुर्दशन शाक्यले जानकारी दिए । महोत्सबमा बिधार्थीहरुका लागि ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँको टिकटको ब्यबस्था गरिएको मुल आयोजक समितिले जनाएको छ । महोत्सब सम्पन्न गर्नका लागि २३ वटा उपसमितिहरु बनाइएको छ । महोत्सब माघ २७ गतेसम्म संचालन हुने छ ।

SHARE