गुल्मीदरबारको बजेट ४४ करोड ५४ लाख , ३४ हजार २ सय

0
214

तिलाचन पाण्डे
असार १०,२०८० गुल्मी : गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ५४ लाख ३४ हजार २ सय रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार उपाध्यक्ष तारा थापा ढेंगाले प्रस्तुत गर्नुभएको बजेटमा चालु तर्फ ३३ करोड ६५ लाख ९६ हजार ७ सय र पुँजीगत तर्फ १० करोड ८८ लाख,३७ हजार ५ सय रुपियाँ गरी कुल ४४ करोड ५४ लाख ३४ हजार २ सयको बजेट रहेको छ ।

उपाध्यक्षले प्रस्तुत गर्नुभएको बजेटमा कृषि तथा पशुपालन,स्वास्थ्य पूर्वाधारहरुको निर्माण ,शैक्षिक पूर्वाधारहरुको निर्माण,भौतिक पूर्वाधार,खानेपानी तथा सरसफाई,संक्रामक रोगहरुका संक्रमण रोकथाम तथा नियन्त्रण,विपद ब्यवस्थापन,गुणस्तरीय र सर्वसुलभ सेवा प्रवाह,गाउँपालिकाका सडक स्तरोन्ती,क्रमागत रुपमा संचालनमा रहेका आयोजनाहरुको निर्माण कार्यलाई निरन्तरता,रोजगारी र स्वरोजगारी सृजना,फोहोरमैला ब्यवस्थापन,पूर्वाधार निर्माण र पर्यटन बिकास,लैंगिक समानता र सामाजिक समावेशीकरण , गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहलाई बजेटले मुख्य प्राथमिकता दिएको छ ।

गाउँसभामा गुल्मीदरबार गाउँपालिकाको आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० प्रस्तुत गरिएको छ ।

 

SHARE