गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने

स्थानीय मदिरालाई ब्रान्डिङ गरी अन्तर स्थानीय तहमा बजारीकरण गर्ने

0
159

तिलाचन पाण्डे

असार ८ ,२०८० गुल्मीः गुल्मीदरबार गाउँपालिकाले अविवाहित पुरुष र महिलालाई निर्वाह भत्ता दिने भएको छ ।

बिहीबार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले गाउँपालिका भित्र रहेको ४० वर्ष कटेका महिला र ४५ वर्ष कटेका पूरुषहरुका लागि जीवन निर्वाह भत्ता दिने नीति बनाएको बताएका छन् ।
यस्तै गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने कच्चा पदार्थ प्रयोग गरी निर्माण हुने स्थानीय मदिरालाई ब्रान्डिङ गरी अन्तर स्थानीय तहमा बजारीकरण गर्ने नीति लिइएको छ ।

गाउँपालिकाले हाम्रो गाउँ स्वस्थ्य बनाउँ भन्ने नीति पनि लिएको छ ।
नसर्ने रोगहरु क्यान्सर,मधुमेह,उच्च रक्तचाँप, मुटुरोग , मृगौला रोगहरुबाट बच्नका लागि समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

पालिका स्तरमा एमबिबिएस डाक्टको ब्यबस्था गरी नागरिकहरुलाई पालिका स्तरबाटै बिशेषज्ञ सेवा दिने गरी नीति निर्माण गरिएको छ । दीर्घ रोगीहरुलाई निशुल्क औषधिको ब्यबस्था गर्नुका साथै बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवाको ब्यबस्था गरिएको छ । पालिका भित्रका नागरिकहरुलाई प्रति महिना २० युनिट सम्मको महशुल पालिकाले भुक्तानी गरिदिने ब्यबस्था गरिएको छ ।

यस्तै गाउँपालिकाले कृषि,पशुपालन , शिक्षा ,स्वास्थ्य र पर्यटनलाई प्राथामिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिएको बताउँदै सोही अनुसारको बजेट ल्याइने प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिए ।

SHARE