गुल्मीमा चोरको विगविगी, बैंक तथा घर तोडफोड गरी नगद र गरगहना चोरी

प्रहरी भन्छ : ७५ जनाको फोर्स परिचालन

0
107
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार४,२०८० गुल्मीःगुल्मीमा बैंक तथा घर तोडफोड गरी नगद र गरगहना चोरी हुँदै गएका छन् ।

गत बिहीबार राती सत्यवती गाउँपालिका वडा नम्वर एक अस्लेवामा जीतबहादुर मिदुनको घरमा शंकर थापाले संचालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको करिब ३० हजार नगद , सीता होटलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन , मति पाण्डेको घरबाट पुराना सामग्रीहरु चोरी भएको वडा अध्यक्ष अर्जुन कनौजेले जानकारी दिए ।

शुक्रबार अर्को वडा लिम्घामा रहेको कुमारी बैकंको ब्रान्चलेस बैकिङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको कनौजेलाई बताए ।

यसरी गाउँमा चोरको विगविगी हुँदा प्रहरी प्रशासन भने मौन देखिएको स्थानीयहरुले बताउँदै आएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविन किशोर प्रधानले चोरीका घटनाका उजुरी आएको बताउनुभयो । जिल्लामा चोरीका घटनाहरु बढेकाले अनुसन्धानका लागि ७५ जनाको अप्रेसन फोर्स गठन गरी परिचालन भएको बताए ।
घटनामा स्थानीयहरुको पनि संलग्नता रहेको हुनसक्ने भन्दै सूचना प्राप्त गर्नु नै प्रमुख भएकाले सूचना दिई सहयोग गर्न पनि उनले स्थानीयहरुलाई आग्रह गरे ।

उक्त क्षेत्रमा स्याङजा र गुल्मीको सीमाना पनि भएकाले चोरीका घटनाहरु बढ्दै गएको बताउँदै त्यस क्षेत्रमा प्रहरी चौकी पनि आवश्यक रहेको उनको भनाई छ ।

अस्लेवामा चोरी हुँदाको केही दिन पहिले स्याङजाको कालीगण्डकी गाउँपालिकाका पाँच छ वटा घरहरुमा तोडफोड गरी चोरी भएको थियो ।

SHARE