उपराष्ट्रपति झाले खुल्ला दिशामुक्त घोषण गरेको जिल्लामा ७०१ परिवार शौचालय बिहीन

0
104
तथ्यांक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिसस प्रमुख खत्री । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार ४,२०८० गुल्मीः खुल्ला दिशा मुक्त जिल्ला घोषण भएको जिल्लामा अझै पनि ७०१ घरपरिवार शौचालय बिहीन भएको तथ्य सार्वजनिक भएको छ ।

२०७१ सालमा तामझामका साथ तत्कालिन उपराष्ट्रपति परमानन्द झाले खुल्ला दिशामुक्त घोषण गरेको जिल्लामा अझै पनि ७०१ परिवार शौचालय बिहीन भएको राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । जिल्लामा कूल जनसंख्याको १ दशमलव ०६ प्रतिशत घरपरिवार शौचालय बिहिन भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै गुल्मीमा २०६८ को भन्दा ७८ मा जनसंख्या घटेको पाइएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको सभाहलमा राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले २०७८ सालको जनगणना सार्वजनिक गरेको विवरणमा ३३ हजार ६६६ जना घटेको तथ्यांकमा उल्लेख गरिएको छ ।

२०६८ सालमा गुल्मीको जनसंख्या दूई लाख ८० हजार १६० रहेकोमा २०७८ सालमा दूई लाख ४६ हजार ४९४ रहेको पाइएको छ । जसअनुसार एक लाख १२ हजार २५ पूरुष र १ लाख ३४ हजार ४६९ रहेको छ । ०६८ मा एक लाख २० हजार ९९४ रहेका थिए भने महिला एक लाख ५९ हजार १६५ जना थिए ।

जनगणना अनुसार परिवार संख्या भने बढेको पाइएको छ । २०६८ मा ६४ हजार ९२१ रहेकोमा ०७८ मा भने ६६ हजार १२५ परिवार संख्या रहेको तथ्यांक कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख लेखनाथ पाण्डेले जानकारी दिनुभयो ।
जिल्लामा साक्षरता दर बढेको तथ्यांकमा उल्लेख छ । २०७८ मा जिल्लाको साक्षरता दर ८० दशमलव ३४ प्रतिशत रहेको छ भने ६८ मा ७२ दशमलब ५ रहेको थियो ।

यस्तै जिल्लाबाट बिदेशमा रहेकाको संख्या २०७८ मा ४१ हजार ५५० रहेका छन् । जसमा पूरुष ३५ हजार ४७९ जना रहेका छन् भने महिला ६ हजार ७१ जना रहेका छन् ।

०६८ मा ५८ हजार ५६१ जना बिदेशमा थिए । जसमा ५१ हजार २२२ पूरुष र सात हजार ३३९ जना महिला रहेका थिए ।
तथ्यांक सार्वजनिक कार्याक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सार्वजनिक विवरणले जिल्लाका स्थानीय तह र सरकारी निकायले भावी रणनीतिक योजनाहरु तयार गर्न सहज हुने बताउनुभयो ।

 

 

 

SHARE