जेठ १६,२०८० गुल्मीः नेपाली काँगे्रस गुल्मीले संघीय सरकारको वजेट आए संगै जिल्लाका आफ्ना पार्टीको तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधीलाई निर्माण निर्माण र त्यसको कार्यान्वयनका सम्वन्धमा आईतवार एक दिने प्रशिक्षण दिएको छ ।
गणतन्त्र दिवस २०८० र गुल्मीका सहिद शम्शेरवहादुर खत्रीको पुण्य स्मृति पारेर नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको सभापतित्वमा भएको प्रशिक्षणमा जिल्लाका स्थानीयतहमा निर्वाचित जनप्रतिनिधीबीच जनमुखि वजेट निर्माण तथाकार्यान्वयन र नागरिकलाई आवश्यकबिकास पुरागर्ने काममा प्रत्यक्ष सहयोग कसरी गर्न सकिन्छ भन्ने भन्ने वारे स्थानीयतहका पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायत क्षेत्र र प्रदेशका पार्टीकासभापति समेत गरी ५० जनाको सहभागिता रहेको पार्टी प्रवक्ता उदयवहादुर थापाले जानकारी दिए ।
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वजपन्थीले, स्थानीय जनप्रतिनिधीहरुले हाम्रा सहिदहरुका योगदानलाई साक्षीराखेर, जनउपयोगी र जनताका आवश्यकतालाई कार्यन्वयनगर्न सकिने खालको वजेट निर्माण गनुूपर्ने धारणा व्यक्त गरे । रेसुगां नगरपालिकाका प्रमुख समेत रहेका पन्थीले, वजेटले समाजमा हुने बिकास र निर्माणका कार्यमा समावेशिताको अवस्थालाई मुल्याकन गर्ने जिम्मेवारी वहनगर्नुपर्ने, नागरिकका हरेक समस्याको पहिचान र समाधानमा ध्यान दिनुपर्ने बताए ।
जिल्ला समन्वय समिति गुल्मीका समन्वय प्रमुख द्रोणवहादुर खत्रीले, नयाँ बजेट निर्माण गर्दाको अवस्था, भूगोलको अवस्था र आवश्यकतालाई पहिचान गरेर, आफ्नो कार्यकालमा भएका बिकासका कामहरु के कति प्रगति भए भन्ने बिषयमा जवाफदेहीता हुने गरी बजेट निर्माण कार्यलाई प्रभावकारी वनाउँनु पर्ने कुरामा जोड दिए।
नेपाली काँग्रेस गुल्मीका उपसभापति शिववहादुर खत्रीले, स्थानीय सरकारमा निर्वाचित भएका जनप्रतिनिधीले स्थानीय, प्रदेश र संघको निर्वाचनका वेला जनतामाझ गरेका प्रतिवद्धताहरु पुरागर्ने तर्फ लाग्नु पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका सहजकर्ता नेपालीकाँग्रेस गुल्मीका सचिव तथा ईस्मागाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले, स्थानीयतहको वजेट निर्माण गर्दा उत्पादनलाई जोड दिनुपर्ने धारणा व्यक्त गरे,प्रशिक्षणले तल्लोतहदेखि माथि सम्मका जनप्रतिनिधी र पार्टीबीचको समन्वय गरेर जनताका कामगर्ने र सुशासनलाई कार्यान्वयनगर्ने कार्यमा यस्ता प्रशिक्षण सहयोगी हुने धारणा व्यक्त गरे ।
सहजकर्ता काँग्रेस गुल्मीका अर्का सचिव जगदीश भट्टराईले, जनताले जनप्रतिनिधीका काम कार्यवाही र वजेटका हरेक कोणलाई नजिकबाट नियाली रहेका अवस्थाप्रति गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।
महासमिति सदस्य तथा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले, स्थानीय सरकारबाट जनताले धेरै कुराको आशा गरेका धारणा व्यक्त गर्दै आफ्नो दुई कार्यकालको अनुभव र भोगाईका व्यवहारिक र शैद्धान्तिक पक्षका बिषयमा महत्वपूर्ण धारणा व्यक्त गरे ।