वास्तविक मजदुरलाई थाहै छैन मजदुर दिवश

0
167

दिवाकर पोख्रेल
वैशाख १८,२०८० : दाङको राप्ती गाउँपालिका वडा नं ७ सिसहनियाँका फुलमान चौधरी सोमबार पनि नियमित काममा जानुभयो ।

 

हरेक दिन विहान ८ बजेबाट मजदुर काम गर्ने उहाँलाई सोमबार आफ्नैमजदु दिवश हो भन्ने थाहा छैन । उहाँ भन्नुहुन्छ,‘काम नगरे ज्याला पाइदैन ज्याला नपाए घरखर्च चल्दैन केकोे दिवस भन्ने ? हामीजस्ता गरिखानेलाई मजदुर दिवशले कहिल्यै छुदैन ।’

 

यस्तै लमही नगपालिका वडा नम्बर ६ का शारदा चौधरी पनि नाला निर्माण काममा व्यवस्थ हुनुहुन्छ । दैनिक ज्उालादारी काममा प्रतिदिन छसय रुपियाँ पाउने गरेको बताउने उहाँले मजदुर दिवशबारे जिज्ञासा राख्दा वेवास्था गर्नुभयो । उहाँले भन्नुभयो, के भनेको हो ? विदामा बसेर मनाउनको लागि चाडपर्व होर ? खानको लागि त काम गर्नुपरो नी ।

 

यि दुईजना वास्तवीक मजदुरको कथा सुन्दा साँच्चै मजदुरहरुले मजदुर दिवशको वोमा जानकारी नै राख्दैनन । मजदुहरुकै हकहितकै लागि मजदुर दिवश मनाइने भएपनि मजदुर नै यसबारे बेखबर हुँदा मजदुर दिवस मै सिमीत भएको पाइन्छ ।

 

सोमबार विहान दाङको लमहीमा मजदुर दिवशको अवसरमा मजदुरको ¥यालीको आयोजना गरियो । ¥यालीमा मजदुर भन्दा बढी व्यापारी थिए ।

 

SHARE