गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

0
154
फाइल फोटो

बैशाख ८,२०८० गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–३ बर्दबास जंगलमा लागेको आगो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ।

आगो निभाउने क्रममा १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर कुँवर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । हिजोदेखि लागेको आगोका कारण दुई घर र तीन गोठ पनि पूर्णरूपमा जलेका छन् ।

पछिल्लो दुई सातादेखि गुल्मीका सामुदायिक वनमा डढेलो लागेको छ।

SHARE