संसद भवन झगडा गर्ने थलो बन्यो: ज्ञानेन्द्र शाही

0
277
चैत १७,२०७९ गुल्मी:राप्रपाका प्रबक्ता तथा सङ्घीय साम्सद ज्ञानेन्द्र शाहीले संसद भवन झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छ्न।
शुक्रबार सदरमुकाम तम्घासमा जिल्ला पार्टी राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसद भबनमा जनताको समस्या समाधान गर्ने विषयमा छलफल नभई झगडा गर्ने थलो बनेको बताएका हुन।
देशमा पछिल्लो अवस्था राजनीति अवसरबादी भएको बताएका छ्न। मन्त्री हरुले लगाएको कोट परिबर्तन गर्न नपाउदै सरकार परिवर्तन हुने गरेको बताउदै शाहीले  राजनीति राज्यको निम्ती नभइ अवसरका निम्ती भएको बताउदै राजनीति घिन लाग्ने खालको भएको  टिप्पणी गरे।
देशमा राजनीति अस्थिरताका कारण आर्थिक अवस्था संकटमा रहेको बताए। उनले राज्यको करले कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने भन्दै राज्यको नाममा २० खर्ब भन्दा बढी आर्थिक भार रहेको बताए।
SHARE