प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ

0
129

चैत १६,२०७९ रुपन्देही :रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतअनन्तपाणि मरासिनीसहित ३ जनालाई घुस लिएको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ।

प्रमुख प्रशासकीय अधिकृत मरासिनी, ७ नम्बरका वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरलाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रका प्रवक्ता भोला दाहालले जानकारी दिए।

नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा गाउँ कार्यपालिकाको कार्यालयबाट  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताए।

SHARE