गुल्मीका भुस्याहा कुकुर छोप्दै स्थायी बन्ध्याकरण गर्दै विज्ञ केन्द्र

0
136
कुुकुरहरुको स्थायी बन्ध्याकरण गर्दै प्राविधिकहरु । तस्विर तिलाचन पाण्डे

 

चैत १६,२०७९ गुल्मीः गुल्मीमा भुस्याहा कुकुरहरुको आतंक बढेपछि तम्घासका कुकुरलाई छौप्दै स्थायी बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा कुकुरको आंतक अत्याधिक भएपश्चात बजारका भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ ।

कुकुरहरुले बालबालिका झम्टने ,रातिको समयमा यात्रा गर्न पनि असहज हुने र दुर्घटना समेत निम्त्याउने भएकाले कुुकुरहरुमा स्थायी बन्ध्याकरण गर्ने अभियान चलाएको भेटिरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख भरत काफलेले जानकारी दिए ।

कुकुरहरुमा बन्ध्याकरण गर्दा रेविज बिरुद्धको खोप दिएर गरिने भएकाले रेविजको जोखिम पनि कम हुने ,कुकुरहरुमा स्तन र पाठेघरको क्यान्सर कम हुने , भएकाले उत्तम विकल्प भनेकै स्थायी बन्ध्याकरण रहेको काफ्लेले बताए ।
यसरी स्थायी बन्ध्याकरण गर्दा कुकुरहरुको आयु पनि बढी हुने ,मोटाउने र स्वच्छ रहने काफलेको दाबी छ ।

अहिले कम्तिमा एक सय कुकुरको बन्ध्याकारण गरिने कार्यालयले जनाएको छ ।

रातीको समयमा टोलटोलमा कुुकुरहरु जम्मा भएर सुत्न पनि नदिने ,बालबालिकाहरुको पनि जोखिम भएको र सवारी दुर्घटना समेत पर्न सक्ने भएकाले कुकुरको ब्यबस्थापन गर्न रेसुंगा नगरवासीहरुले नगरलाई समेत आग्रह गर्दै अएका छन् ।

 

 

SHARE