नयाँवर्ष बिशेष कार्यक्रम तालपोखरामा

0
165

सुशीला रेग्मी
चैत ४,२०७९ पाल्पा :पर्यटकीय तालपोखरामा पत्रकार भेटघाट कार्यक्रम भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ मा रहेको यस तालपोखरामा नववर्ष २०८० को पावन अवसरमा हुने नयाँवर्ष विशेष कार्यक्रमको जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम भएको हो । तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा कार्यक्रम गरी नयाँवर्ष विशेष कार्यक्रमबारे जानकारी दिईएको छ ।

कार्यक्रमको संचालन समितिका सदस्य जनक भण्डारीले गर्नुभएको छ । पर्यटक भित्र्याउन र यसको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरिएको अध्यक्ष देवकोटा बताउनुहुन्छ । वैशाख १ र २ गते नयाँवर्षको अवसरमा राष्ट्रियस्तरका कलाकारबाट विशेष सांगितिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीलाई समितिका उपाध्यक्ष मित्रा ढकालले स्वागत गर्नुभएको थियोे । पर्यटकिय तालपोखरामा पर्यटकको संख्या बढ्दै जान थालेको छ ।

SHARE