जनयुद्धका प्रथम सहिद रम्तेलको स्मृतिमा हाजिरी जवाफ प्रतियोगिता

0
105

फागुन १४,२०७९ गुल्मीः जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २७ औ स्मृतिमा अखिल क्रान्तीकारी धुर्कोटले रचनात्मक कार्य गरेको छ ।

स्मृतिको अवसरमा अखिल क्रान्तीकारीले माध्यमिक बिद्यालय स्तरिय हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा हिमालय माबि प्रथम,नयाँगाँउ माबि द्धितीय,वाग्ला माबि तृतिय र भगवती माबिले सान्त्वना स्थान प्राप्त गरेको अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष राजन केशीले जानकारी दिए ।

कार्यक्रममा अखिल क्रान्तीकारी धुर्कोट कमिटिका अध्यक्ष इन्द्र पोखरेल , जिल्ला अध्यक्ष राजन केशी ,केन्द्रिय सदस्य भरत चन्द, नेकपा माओदादी केन्द्रका जिल्ला सचिब अशोक थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य निमबहादुर पाण्डेले सहिद हरुले देखाएको सपनालाई पूरा गर्नु सबैको दायीत्व भएको बताएका थिए ।


क्रान्तीकारीकी जिल्ला सदस्य रिता रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन उपाध्यक्ष रमेश पाण्डेले गरेका थिए ।
हाजिरी जवाफ प्रतियोगतामा ९ वटा प्रतियोगी समुहको उपस्थिती रहेको थियो ।

 

SHARE