गुल्मी चेम्बर अफ कमर्शको अध्यक्षमा दुर्गा पाण्डे निर्वाचित

0
122

फागुन १४,२०७९ गुल्मीः गुल्मी चेम्बर अफ कमर्श, गुल्मीले नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार तम्घासको बालमन्दिरमा सम्पन्न संस्थाको दोस्रो अधिवेशन एवम् तेस्रो साधारण सभाले दुर्गा पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।

 

जसको बरिष्ठ उपाध्यक्षमा विरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डे र सीता विक, महासचिवमा यज्ञ प्रसाद पाण्डे, सचिवमा प्रेम घिमिरे, सुर्य घिमिरे र हरिकिरण ठकुरी, कोषाध्यक्षमा युवराज पाण्डे र सह–कोषाध्यक्षमा कमल अर्याल लगायत अन्य सदस्यहरु सर्वसम्मत रुपमा चयन गरिएको संस्थाका सल्लाहकार कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

 

अध्यक्ष पाण्डे यसभन्दा अगाडी गुल्मी उद्योग बाणिज्य संघको अध्यक्ष समेत हुन् ।

SHARE