नेपाल कुनै देशको सैन्य देश बन्न सक्दैन ः मन्त्री ज्ञवाली

0
497

तिलाचन पाण्डे
माघ १,२०७६ गुल्मी ः परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै देशको सैन्य देश बन्न नसक्ने दाबी गरेका छन् । गुल्मीमा दोस्रो रुरु महोत्सबको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेपाल कुनै देशको शैन्य कार्यमा संलग्न नहुने भन्दै बिकासमा भने साझेदार बन्न सक्ने बताए । अन्य देशको हितमा भन्दा पनि नेपाल सरकार नेपालको बिकासमा साझेदार बन्न सक्ने बताए ।
पछिल्लो समयमा देशको सीमा सम्बन्धी बिबाद समाधान गर्नका लागि भारत तयार भएकाले बार्ताबाट सीमा समस्या समाधान हुने दाबी गरे । नेपाल सरकारले पठाएको पत्रको जवाफमा भारतले सीमा सम्बन्धी बिबाद रहेको र त्यसलाई बार्ताबाट समाधान गर्न भारत तयार भएकाले सीमा सम्बन्धी बिबाद बार्ताबाट समाधान हुने दाबी गरे ।
यस्तै मन्त्री ज्ञवालीले नेपालले अब कहिलै नाका बन्दी भोग्न नपर्ने बताए । मन्त्री ज्ञवालीले छिमेकी राष्ट्रहरुसंग समबन्ध राम्रो भएको भन्दै आगामी पुस्ताले कहिलै नाकाबन्दी भोग्न नपर्ने दाबी समेत गरे ।
भ्रष्टाचारीहरुलाई पानीमुनी गएपनि छाडिदैन
नेपालमा पछिल्लो समयमा भ्रष्टाचारीहरु भ्रष्टाचार गर्न नपाएर अतालिएको ज्ञवालीले दाबी गरे । मन्त्री ज्ञवालीले नेपालमा अब बिधिको शासन चलेकाले भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरुलाई पानीमुनी गए पनि नछाड्ने दाबी गरे ।
पछिल्लो समयमा बिभिन्न बाहाना बनाई समयमै निर्माण नसक्ने निर्माण ब्यबसायीहरुलाई बाहाना बनाउने दिन सकिएको दाबी गरे । उनले निर्माणमा लापरबाही गर्ने र गुणस्तरमा कमी ल्याउने आधिकार नभएको भन्दै निर्माणमा लापरबाही गर्ने कसैलाई पनि नेपाल सरकारले नछाड्ने दाबी गरे ।
यस्तै गुल्मी जिल्ला रुरु क्षेत्र र रेसुङगा क्षेत्रलाई पर्यटकीय हिसाबले अगाडी बढाउनका लागि लागि आवश्यक बजेटको ब्यबस्था गर्ने बताए । रुरु क्षेत्रको समग्र बिकासका लागि नेपाल सरकारले हाल ५५ करोण बिनियोजन गरेकाले यस क्षेत्रको बिकासमा ठुलो टेवा पुग्ने दाबी गरे ।
यस्तै मन्त्री ज्ञवालीले गुल्मीको कफीलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउनका लागि यहाँका कृर्षकहरु लाग्नु पर्नेमा जोड दिए । कफीको उद्गम स्थल गुल्मीलाई गुणस्तरीय बनाई ब्यबसायीक रुपमा अगाडी बढ्न पनि आग्रह गरे । मन्त्री ज्ञवालीले कफीको उद्गम स्थल मात्रै भनेर अब नहुने र उत्पानमा बृद्धि गर्नका लागि भन्दै कफी सुपरजोन को कार्यलय गुल्मीमै रहदा समेत उत्पादनमा बृद्धि र गुणस्तर यस अबधीमा नभए कहिले हुने भन्दै उत्पादन र गुणस्तरमा बृद्धि गर्न आग्रह गरे ।
यस्तै मन्त्री ज्ञवालीले अब सडकहरुलाई स्तरउन्नती गर्नु पर्ने भएकाले त्यसमा नेपाल सरकार लागि रहेको समेत बताए । गुल्मी उधोग बाणिज्य संघ रिडी शाखाले आयोजना गरेको रुरु महोत्सब माघ ९ गते सम्म चल्ने भएको छ ।

SHARE