गुल्मीमा ७४ वर्षीय वृद्धाको शंकास्पद मृत्यु

0
118

कात्तिक २९, ०७९ गुल्मीः गुल्मीमा ७४ वर्षीय वृद्धाको आफनै घरभित्र शंकास्पद मृत्यु भएको छ ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ५ की ७४ वर्षीय जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थापाले नाक र कानका लगाएको गहनाहरु पनि नभएकाले घटना रहस्यमय देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिनुभयो ।

थापा दुई दिन अगाडि देखी गाउँमा हिडडुल गरेको नदेखेको स्थानीयहरुले जनाएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि खरेलकै नेतृत्वमा एक समिति गठन गरी अगाडि बढ्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतको स्थलगत मुचुल्का तयार गरी शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको खरेलले बताउनुभयो ।

SHARE