
असोज २६,२०७९ गुल्मीः सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसालको मनोनयन यथावत रहेको छ ।
उम्मेदवारको मनोनयन फिर्ता लिने अवधीसम्म फिर्ता नलिएकाले भुसालले उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गुल्मी क्षेत्रनम्बर–२ मा गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डाक्टर दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षदेखि नेपाली कांग्रेसले बिजयीको स्वाद नपाएकाले आफनो उम्मेदवारी त्यो पूरा गर्ने बताए ।
गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ मा अर्का स्वतन्त्र उम्मेदवार नरेन्द्र अर्यालले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कांग्रेसबाट बिद्रोह गरेर गुल्मी क्षेत्रनम्बर–२ को प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।उनले गठबन्धनका उम्मेदवारलाई सघाउँदै आफनो उम्मेदवारी फिर्ता लिएको बताए ।
क्षेत्रनम्बर–२ मा प्रतिनिधि सभा र प्रदेश सभाका तिन जना निर्वाचित पदका लागि ३१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






