गाउँ नै बाढीको भेलमा ढुङ्गाबाट उद्धार गरिदै

0
230

दिवाकर पोख्रेल
असोज २२,२७९ देउखुरी : लगातारको वर्षाका कारण दाङको लमही नगरपालिका वडा नं ८ धनपुरुवा गाउँनै बाढीको भेलमा फसेको छ ।

 

राप्ती नदीमा आएको बाढीले धनपुरुवा गाउँलाई नै डुवान पारेपछि उद्धार कार्य शुरु भएको छ । ५० जन भन्दा बढी बाढीमा फसेकाले ढुङ्गाबाट उद्धार गर्न थालिएको शसस्त्र प्रहरी बल २९ नं गण भालुवाङका प्रमुख विनोद केसीले जानकाी दिनुभयो ।

 

अहिले शसस्त्र प्रहरी र नेपाली सेनाको गरी दुइवटा ढुङ्गा परिचालन गरिएको छ । थप ढुङ्गा सहितको तालिम प्राप्त जनशक्ती माग गरिएको छ ।

दिउशोबाट उद्धार शुरु गरिएको थियो । अहिले सम्म भेलमा फसेका १३ जनाको उद्धार गरिएको र बाँकीको पनि उद्धार कार्य जारी राखिएको छ ।

उद्धारको लागि हेलिकप्टर माग गरेपनि प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन सकेको छैन । भेलमा फसेकाहरु घरको छत, रुखमा चढेर बसेको पाइएको छ ।

लगातार बर्षा भइरहेको र पानीको बहाव नघटेका कारण उद्धारमा पनि समस्या भएको प्रहरीले जनाएको छ ।

 

भेलमा फसेका सबैको उद्धार गर्न रातभर लाग्ने बताइएको छ ।

SHARE