दाङका तीनवटै निर्वाचन क्षेत्रमाआयोगको कार्यालय स्थापना

0
257

दिवाकर पोख्रेल
देउखुरी ,असोज २० गते । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

 

जिल्लाको घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले असोज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने जनाएको थियो ।

 

क्षेत्र १ को लमहीमा, २ को घोराहीमा र ३ को तुलसीपुरमा कार्यालय स्थापना गरिएको छ । यही कार्यालयमा मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यसम्पादन गरिने छ ।

 

 

मुख्य निर्वाचन अधिकृत मा न्यायाधीश कृपासुर कार्की हुनुहुन्छ । उहाँले निर्वाचन क्षेत्र नम्बर २ को जिम्मेवारी पाउनु भएको छ ।यस्तै, निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृको रूपमा मानबहादुर विष्ट र ३ मा डोलनाथ न्यौपाने रहेका छन् ।

 


दाङ निर्वाचन क्षेत्र नं १ को कार्यालय स्थापना गर्दै निर्वाचन अधिकृत मानवहादुर विष्टले निर्वाचनको प्रक्रिया शुरु भइसकेको जानकारी दिदै दलहरुसंग छलफल गरेर आवश्यक कार्यक्रम तय गरिने जानकारी दिनुभयो ।

SHARE