डुबेर दुई बालकको मृत्यु

0
162

असोज १९,२०७९दाङ : दाङको लमहीस्थित खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षीय गुइठे कुमाल र सोही ठाउँ निवासी १२ वर्षीय ललित कुमाल रहेको प्रहरीले जनाएको छ।

 

मङ्गलवार दिउँसो साढे ३ बजे लमहीको अर्जुनखोला पुल मुनि नुहाउन गएको बेला खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मृतकको शव अहिले लमही अस्पतालमा राखिएको छ।

SHARE