गुल्मीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

0
165

असोज १७,२०७९ गुल्मीः आगामी मङसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वानको लागि गुल्मीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

जिल्ला अदालत गुल्मीमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधीस बशन्तराज पौडेलले एक कार्याक्रमका बीच मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नुएको हो ।

दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्वर एकको निर्वाचनको कार्य हेर्ने छ भने क्षेत्र नम्वर दुईका लागि शिक्षा बिकास समन्वय इकाई गुल्मीमा शिबबहादुर थापा निर्वाचन अधिकृत रहने गरी कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

जिल्लामा दुई लाख २३ हजार ६१५ मतदाता रहेका छन् भने १४२ मतदान स्थल र २७८ मतदान केन्द्र रहेको पाण्डेले जानकारी दिनुभयो ।

कार्यालय स्थापना भएसंगै निर्वाचनका गतिविधिहरु सुरुभएको छ । २३ गते मनोनयन दर्ता संगै २४ गते दाबी बिरोध, २५ गते उम्मेदवारको नामावली प्रकाशन , २६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदरको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने लगायतका कार्यहरु अगाडि बढ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाको सुरक्षा ब्यबस्था चुस्त दुरुस्त बनाइएको जानकारी दिनुभयो ।

जिल्लाको सुरक्षा ब्यबस्थाको उचित प्रवन्ध गरिएकाले ढुक्क भएर मतदानमा आफनो मताधिकार प्रयोग गर्न उहाँले गुल्मेली मतदातालाई आग्रह गर्नुभयो ।

SHARE