आज देखी निर्वाचन आचारसंहिता लागू

0
146

असोज १२,२०७९काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको जानकारी दिए।

‘आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ’, उनले भने। उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए।

आयोगले गत भदौ १३ गते आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो। स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो।

SHARE