जीप दुर्घटनामा ८ जनाको मृत्यु

0
119

असोज १२,२०७९ सल्यान :सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

बाँकेको धकेरीबाट सल्यानको रिमकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर सन्तोष खनालले जनाकारी दिए।

मृत्यु हुनेको परिचय खुल्न सकेको छैन। एकजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन्।

SHARE