सम्पन्न भएका योजनाको भुक्तानी नपाउँदा उपभोक्तालाई सास्ती

0
169

दिवाकर पोख्रेल
देउखुरी, असोज ९ गते : दाङको लमही नगपालिकाबाट गत आर्थिक बर्ष २०७८÷०७९ मा कार्य सम्पन्न भई प्रक्रिया पुगेका योजनाको रकम भुक्तानी नहुँदा उपभोक्तले सास्ती भोगी रहनु परेको छ ।

गत आर्थिक बर्षमा लमही नगपालिकाबाट छुट्टाइएका योजनामा टोल विकास संस्थाको तर्फबाट काम गरेका झन्डै दुइसय योजनाको रकम भुक्तानी गर्न बाँकी छ । लमही नगरपालिकाले नगर भित्रका उपभोक्ताले कार्य सम्पन्न गरेका विभिन्न योजनाको नौ करोड ५० लाख भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । भुक्तानी बाँकी योजनाको फाइल हेर्दा ठेक्का प्रक्रिया भन्दा टोल विकास संस्था मार्फत उपभोक्तले गरेका योजनाका फाइल बढी छन् । उपभोक्ता आफैले काम गरेका योजनालाई स्थानीय सरकारले भुक्तानी प्रक्रियामा ढिला सुस्तीगर्दा उपभोक्तामा निरासा उत्पन्न भई ठेक्का प्रक्रियालाई प्रशय पुग्ने उपभोक्ताहरु बताउँछन ।

काम सम्पन्न भएको लामो समय सम्म भुक्तानी नपाउँदा उपभोक्ताहरु पनि आक्रोसित हुन थालेका छन् । लमही नगरपालिका वडा नं ६ संचार टोल विकास संस्थाका सचिव हरिराज धितालले आफुहरुले समयमै काम सम्पन्न गरेर प्रक्रिया पूरा गरेर फाइल पेस गर्दा समेत भुक्तानी नपाएको गुनासो गरे ।

उहाँले भन्नुभयो, “हामी उपभोक्ताले आफै लगानी लगाएर योजना सम्पन्न गर्ने गरेर पनि आज सम्म रकम नपाउने हामी उपभोक्तालाई हैरानी भएको छ, यो उपभोक्तालाई निरास बनाएर ठेक्का प्रक्रियालाई प्रशय दिने कामभयो ।” स्थानीय सरकारबाट योजनाको रकम भुक्तानीमा केन्द्रिय नियन्त्रण प्रणाली छ । आर्थिक कार्यविधि तथा बित्तिय उत्तर दायित्व नियमावली अन्तरगर्त प्रत्येक आर्थिक बर्षको रकम असार २५ गते सम्म भुक्तानी गर्ने भनेपनि सो अवधि भित्र काम नहुँदा भुक्तानी रोकिएको हो । यो संगै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सरुवा हुँदा पनि उपभोक्ताको रकम भुक्तानीमा समस्या परेको हो ।
लमही नगपालिकमा गत आर्थिक बर्ष सम्म प्रमुख प्रशासकिय अधिकृतको रुपमा गेहेन्द्र वहादुर डाँगी कार्यरत थिए । चालु आर्थिक बर्षमा खाता संचालन भएको शुरुवाती चरणमै उपभोक्ताको रकम भुक्तानी गर्ने योजनामा रहनुभएका डाँगीको सरुवा भएपछि भुक्तानी प्रक्रियामा विलम्म भयो । असार २५ गते सम्म चेक काट्न पाइने तर अघिल्ला केहिदिन सफ्टवेयरमा समस्या भएका कारण उपभोक्ताको रकम रोकिएको डाँगी बताउछन् ।
आफ्नो सरुवा भएका कारण यसमा केहि भूमिका नरहने भएकाले कार्यरत प्रशासकिय अधिकृतले नै जिम्मेवारी लिएर प्रक्रिया अघि बढाउनुपर्ने सुझाव उनको छ । हाल कार्यरत प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले उपभोक्तालाई सास्ती नदिइ काम गर्ने र प्रक्रिया पुगेका योजनाको भुक्तानी प्रक्रिया अघि बढाइने बताउछन् । उनी भन्छन् “पहिले नै भुक्तानी नगर्दा समस्या भएको हो, झन्डै साढे नौ करोड रकम भुक्तानी बाँकी छ, यसलाई हामी छिट्टै पहल गछौ ।”

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले उपभोक्ताको रकम भुक्तानीको लागि कार्यपालिका बैठकबाट निर्णय भएकाले भुक्तानी प्रक्रिया शुरु भएको बताए । उनले भने, “उपभोक्ताले असार नै पर्खने वानीले पनि समस्या भएको हो, कर्मचारी सरुवा प्रक्रियाले समेत असर ग¥यो, हामी भुक्तानी प्रक्रियामै छौ ।” नगरपालिकाले आइतबार भुक्तानी बाँकी रहेकाहरुलाई भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ ।

 

SHARE