बालदिवस : मुसिकोटमा बालबालिकाले प्रतिभा देखाउने अवसर बन्यो

0
317

सागर भण्डारी
भदौ ३०,२०७९ गुल्मी :

चाहिँदैन दिवस मलाई एकपेट खान देउ

म पनि केही बन्छु भोलि,विद्यालय जान देउ

बुधवार मुसिकोट नगरपालिकाले आयोजना गरेको बाल दिवस विशेष कार्यक्रममा पशुपति माध्यमिक विद्यालयकी विद्यार्थी सञ्जु बढाले यसरी आफ्नो प्रतिभा प्रस्तुत गरिन् । उनले प्रस्तुत गरेको कवितामा बाल श्रम र विद्यालय बाहिर रहेका बालबालिकाहरुको आवाज बोलेको थियो । उनले आफ्नो कविता मार्फत विद्यालय जान नपाएका विद्यार्थीहरुको प्रतिनिधित्व गरिन् ।

सोही कार्यक्रममै जनज्योति माध्यमिक विद्यालयकी छात्रा सपना परियारले चलि मैलो भो बालबालिकालाई कर्णाधार सम्झेर पढाउने कहिले हो भन्दै तितो बाल रोदन बोकेको आफुले रचना गरेको गीत सुनाईन् । उनको गीतले बालबालिकालाई विभिन्न ठाउँमा अझै पनि श्रम शोषण भईरहेको भन्दै उनीहरुलाई विद्यालय पठाउन आग्रह गरिएको थियो ।

जनजागृति माध्यमिक विद्यालयकी छात्रा दिया थापाले नेपालमा बालबालिकाको अवस्था शीर्षकमा निबन्ध प्रस्तुत गर्दै सविंधानले प्रत्याभूत गरेको बालअधिकारको व्यवहारत कार्यान्वयन हुन नसक्दा अझै पनि विभिन्न ठाउँका बालबालिका अपराधिक क्रियाकलापमा संलग्न हुन परेको बताईन् । उनले उदाहरणको रुपमा तम्घासकै कतिपय होटलमा १५ ÷१६ वर्षकै उमेरका बालबालिकाहरु कामदारको रुपमा राखिएको घटना प्रस्तुत गरेकी थिईन् ।

सोही कार्यक्रममा महेन्द्र आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुले देशभक्तिले ओतप्रोत प्रकाश सपुतको मेरो पनि हैनर यो देश भन्ने गीतमा नृत्य प्रस्तुत गरे ।

मुसिकोट नगरपालिकाले बाल दिवसको अवसरमा आयोजना गरेको बालबालिकाको प्रतिभा प्रस्फुटन कार्यक्रममा यस्ता कयौँन् विधाका प्रतिभाहरु विद्यार्थीहरुले एकपछि अर्को गर्दै प्रस्तुत गरे । कार्यक्रम विद्यार्थीहरुका प्रतिभा राख्ने ठाउँको रुपमा कोशेढुगां सावित भयो । उनीहरुलाई अवसरको रुपमा यो कार्यक्रम निकै महत्वपूर्ण रह्यो । नगरपालिका अन्तर्गत रहेका झण्डै १४ वटा विद्यालयका विद्यार्थीहरुले सामुहिक र व्यक्तिगत रुपमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरुले नृत्य,गीत,कविता,गजल,निबन्ध र चित्रकला प्रस्तुत गर्दै नेपालमा बालबालिकाहरुको अवस्थाको बारेमा चित्रण गरे ।

विद्यार्थीले दिए धन्यवाद

विद्यार्थी सुधन विश्वकर्माले नगरपालिकाले बालदिवसको अवसरमा प्रतिभा प्रष्फुटन कार्यक्रम आयोजना गरि आफ्ना क्षमता प्रस्तुत गर्न दिएकोमा धन्यवाद व्यक्त गरे । उनले विधागत रुपमा भन्दा पनि विद्यार्थीहरुसगं रहेका सम्पूर्ण प्रतिभाहरु प्रष्फुटन गर्न पाउने भएकाले सबै खाले विद्यार्थीहरु सहभागी हुने अवसर पाएको बताए । उनले आफ्नो गजल समेत प्रस्तुत गर्दै यस्ता कार्यक्रम फेरी पनि आयोजना गर्न नगरपालिकालाई सुझाए ।

ददल्का माध्यमिक विद्यालयकी छात्रा बसुन्धरा खरेलले आफुहरुका लागि यो कार्यक्रम अवसर भएको बताईन् । उनले नगरपालिकाले अझै धेरै यस्ता कार्यक्रम आयोजना गरी बालबालिकाहरुलाई अगाडी बढ्न प्रोत्साहित गर्नुपर्ने धारणा राखिन् ।

मुसिकोट नगरपालिका वडा नं ९ की वडाध्यक्ष भुमा गुरुङले उत्कृष्ट क्षमता पहिचान गर्न र बालबालिकाको प्रतिभा प्रष्फुटन गर्न कार्यक्रम निकै महत्वपूर्ण रहेको बताईन् ।

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कार्यक्रम

मुसिकोट नगरपालिकाकी नगरउपप्रमुख गगां श्रेष्ठले नगरपालिकाले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन छात्रवृत्तिका कार्यक्रम ल्याउन लागेको बताईन् । उनले बालबालिकाको विषयमा नगरपालिका सवेंदनशील रहेको भन्दै विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई विद्यालय ल्याउन पहल थालिएको बताईन् । विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर विद्यार्थीहरुका प्रतिभा पहिचान गर्नुपर्ने समेत उनको भनाई थियो ।

नगरप्रमुख जीवन खरेलले बालबालिकाहरुका प्रतिभा प्रष्फुटन गर्न विषयगत भन्दा पनि सबै खाले बालबालिकाहरुलाई सहभागी गराउने उद्धेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस्ता प्रतिभाको पहिचान गरेर उनीहरुलाई प्रशिक्षण एवम् तालिम सञ्चालन गर्ने समेत नगरपालिकाको तैयारी रहेको जानकारी दिए ।

नगरप्रमुख खरेलले बालदिवसको अवसरमा शुभकामना व्यक्त गर्दै विद्यालयमा भय रहित वातावरणमा अध्यापन गराउन सम्पूर्ण शिक्षकलाई आग्रह गर्दै विद्यार्थीहरुले पनि आफुसगं रहेको प्रतिभा निर्धक्क भएर प्रस्तुत गनुपर्ने बताएका थिए । सकोंच र डरले कतिपय प्रतिभा बाहिर आउन नसक्ने भएकाले उनीहरुलाई प्रोत्साहित गर्न नगरपालिकाले यस्तो कार्यक्रम आयोजना गरिराख्ने समेत उनको भनाई थियो ।

SHARE