
हुमाकान्त पोखरेल
गुल्मी, २५ भदौ : सशस्त्र प्रहरी बल, गुल्मीले विपद् न्यूनिकरणसम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
रेसुङ्गा नगरपालिका –१३ दुविचौरस्थित घोर्ले माध्यमिक विद्यालय कक्षा ९ र १० का ६० जना विद्यार्थीहरुलाई बिहीबार प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा विपद्को परिभाषा, विपद् हुने कारण, तत्काल सुरक्षित हुने उपाय, विपद्को दीगो न्यूनिकरण गर्ने उपाय, सहयोगको लागि अपिल गर्ने निकाय लगायतका बिषयमा जनकारी गराइएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।

कार्यक्रममा सशस्त्र प्रहरीले विपद् न्यूनिकरणका क्षेत्रमा गर्ने कामको बारेमा पनि प्रोजेक्टरको माध्यमबाट जानकारी गराइएको थियो ।

साथै तत्काल आफ्नो घर वा छिमेकमा विपद्जन्य घटना भएमा नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई जानकारी गराउन पनि खड्काले आग्रह गरिएको खड्काले बताए ।






