६० लाखको पार्कमा बालबालिकाहरुको रजाइँ ,संरक्षणमा छैन नगरको ध्यान

0
215
तम्घासमा रहेको थ्रिडी पार्कमा बालबालिकाहरु । तस्बिरः खबरमार्केट

भदौ २२ ,२०७९ गुल्मीः ६० लाखमा निर्माण भएको थ्रिडी पार्क संरक्षणको अभावमा यसै अलपत्र पर्न थालेको छ ।

रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो । निर्माण भएको लामो समय सम्म पार्क संचालनमा नआउँदा संरचनाहरु बिग्रिएर पछि नगरपालिकाको करिब पाँच लाख रकममा संरचना मर्मत गरेको थियो । सो पार्कको संरचनामा अहिले बालबालिकाहरुको संरचनामा मनलाग्दी रजाइँ चल्न थालेको छ ।

पार्कको गेटमा ताला लगाए पनि बालबालिकाहरुले बाहिरी भागबाट प्रवेश गर्ने र पार्कको संरचनामा मनलाग्दी चलेको छ । उनीहरुले पार्कको भित्री भागमा जम्मा भएको पानीमा पौडी खेल्ने र संरचनाहरुमा तोडफोड समेत गर्न थाल्दा नगरपालिकाले पार्क संरक्षणमा चेष्टा दिएको छैन् ।

पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचाननै अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु र संरक्षणमा ध्यान नदिनु दुःखद पक्ष भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए ।

उनले विभिन्न संघ संस्था, संगठन र दलहरुले सरकारको अगाडी उभिएर सरकारलाई नै खबरदारी गर्ने बर्षौको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाए ।
पाण्डेले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्नेमा जोड दिए । जसले पार्कको परिकल्पना गरेको हो त्यो नै जवाफदेही हुनुपर्ने उनको तर्क छ ।

यता रेसुंगा नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष तथा प्रवक्ता रामजी पन्थीले पार्क संरक्षणका लागि पछिल्लो समयमा ध्यान नगएको स्विकार गरे । उनले यस बिषयमा नगरप्रमुख संग बसेर पनि छलफल गरेको दाबी गर्दै एक दूई दिन भित्रैमा पार्क संचालनको बिषयमा नयाँ निर्णय लिइने दाबी गरे ।

SHARE