गुल्मीमा १२३ जनामा डेङगु संक्रमण पुष्टि

0
148

गीताकुमारी बस्याल
भदौ २०,२०७९ गुल्मीः गुल्मी जिल्लामा डेङगुका बिरामीहरु दैनिक रुपमा बढ्दो क्रममा रहेका छन्।

जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना,छत्रकोट गाउँपालिकामा पाँच जना,रेसुङगा नगरपालिकामा छ जना, मुसिकोट नगरपालिकामा एक ,इश्मामा तीन, मालिकामा एक,गुल्मीदरबारमा एक,मदानेमा एक , कालीगण्डकीमा एक र प्राइभेट क्लिनिकहरुमा परीक्षण गर्दा ४ जना गरी एक सय २३ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए ।

पछिल्लो समयमा गुल्मीमा पनि डेङगु रोग गाउँगाउँमा फैलिएकाले सचेत रहन र परीक्षण गर्नका लागि स्थानीय तहका स्वास्थ्य शाखाहरुसंग समन्वय गरिएको उनले बताए ।

रोग परीक्षणका लागि आवश्यक पर्ने कीट पालिकाका स्वास्थ्य शाखाहरुलाई पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक बोमबहादुर अर्यालले जानकारी दिए ।
जिल्लामा परीक्षणका लागि गुल्मी अस्पताल र आफूहरुसंग प्रर्याप्त मात्रामा कीट रहेको अर्याललले दाबी गरे ।

यता गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको उल्लेख गरे ।

साँझमा सुत्दा झुल लगाएर सुत्ने ,शरीर छोपिने गरी कपडाहरु लगाउने , घर वरपर पानी जम्ने खाल्डाखुल्डीहरु नराख्ने र उच्च ज्वरो संगै स्वास्थ्यमा समस्या देखा परेमा नजिकको स्वास्थ्य संस्थाहरुमा गई स्वास्थ्य परीक्षण गराउन सुझाब दिए ।

SHARE