युनियन लाइफ गुल्मीद्धारा मृत्यु दाबी वापतको १० लाख ३७ हजार ३७५ रुपैयाँको चेक हस्तान्तरण

0
281

मुना बस्याल
भदौ १८,२०७९ गुल्मी : युनियन लाइफ इन्सोरेन्स गुल्मीमा दुई वर्ष अगाडि सावधिक बीमा गराउनु भएका इश्मा गाउँपालिका वडा नम्वर २ का सुरज जोशी कुँवरको निधन भयो ।

उहाँले युनियन लाइफ इन्सोरेन्स गुल्मीमा पाँच लाखको सावधिक बीमा गर्नुभएको थियो । उहाँले कम्पनीमा दुई किस्ता मात्रै तिर्नुभएको थियो ।

उहाँको निधन भएपश्चात युनियन लाइफ इन्सोरेन्स कम्पनीले उहाँको मृत्यु दाबी वापतको १०लाख ३७ हजार ३७५ रुपैयाँको चेक उहाँकी धर्मपत्नी गंगा जोगी कुँवरलाई हस्तान्तरण गरेको छ ।

युनियन लाइफ इन्सोरेन्स कम्पनीका एरिया शाखा प्रमुख जुना कुँवरले गंगा जोगी कुँवरलाई मृत्यु दाबी वापतको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरेको तम्घास शाखा प्रमुख अन्जु पुनले बताउनुभयो ।

चेक हस्तान्तरण गर्दै कुँववरले जीवन अमुल्य रहेकाले समयमै बीमा गरी जीवन सुरक्षित गर्न पनि आग्रह गर्नुभएको छ ।

सुरज जोगी कुँवरको मृत्यु दाबी वापतको पाँच लाख,दुर्घटना मृत्युदाबी वापत पाँच लाख,वोनस वापत एक हजार ६२५,र अन्तरिम वोनस वापत ३५ हजार ७५० गरी १० लाख ३७ हजार ३७५ रुपैयाँको चेक गंगा जोगी कुँवरलाई हस्तान्तरण गरिएको अन्डर राइटिङ निरु थापाले जानकारी दिनुभयो ।

SHARE