ह्वात्तै घट्यो सुनको मूल्य

0
404

साउन ३१,२०७९काठमाडौं: आज सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो।

आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो। यस्तै हिजो चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला ९६ हजार ७०० रुपैया र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको छ।

SHARE