स्थानीय सरकार र पार्टीप्रतिका गुनासा,सुझाब संकलन गर्दै माओबादी केन्द्र गुल्मी

0
312

तम्घास, साउन ३० गते । नेकपा माओबादी केन्द्र गुल्मीले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका बारेमा गुनासा र सुझाब संकलन गर्न थालेको छ ।

केन्द्रका जिल्ला संयोजक बुद्धि जिशीले जिल्ला स्थित पत्रकारहरुसंगबाट नागरिकहरुका गुनासा र सुझाब माग गर्नुभएको हो ।
पछिल्लो समयमा पार्टीका नेता तथा जनप्रतिनिधिहरु सुबिधा भोगी भएको र नागरिकहरुसंग नजिक नभएको भन्ने गुनासो देशभरबाट आइरहेको बेला जिल्ला पार्टीले गुनासो र सुझाब संकलन गरेको हो ।

पत्रकारहरु प्रत्यक्ष रुपमा नागरिकहरुसंग जोडिने र सूचनाहरु प्रयाप्त आउने भएकाले पहिलो चरणमा पत्रकारहरुबाट सुझाब र गुनासाहरुलाई संकलन गर्ने सुरुवात गरिएको जिशीको दाबी छ ।
नागरिकहरुले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको सेवा प्रवाह र जनताको बुझाइमा एकरुपता कायम गर्नका लागि सुझाब संकलन महत्वपूर्ण रहने जिशीको भनाई छ ।

नागरिकको नजिकको सरकार नै स्थानीय सरकार भएकाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रत्यक्ष रुपमा जनताको सेवामा लाग्न जिल्ला पार्टीले निर्देशन दिएको जिशीले बताउनुभयो ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय जनताको सेवकको रुपमा रही कार्य गर्नका लागि जिल्ला पार्टीले निर्देशन गरेको बताउँदै सेवा प्रवाहका क्रममा नागरिकहरुका गुनासा र सुझाबहरुलाई संकलन गरी सुधार गर्नमा सहज हुने र सुधार गर्ने जिशीको भनाई छ ।
जिल्ला स्थित पत्रकारहरुले विगतमा अन्य पार्टीहरु भन्दा स्थानीय नागरिकहरुसंग माओबादी पार्टीले जनजिवीका सम्बन्धी मुद्धाहरु उठाएको स्मरण गर्दै हाल बिस्तारै छाड्दै गएको बताएका छन् ।

माओबादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले ठूला ठूला बिकासका कामहरु भन्दा पनि प्रत्यक्ष नागरिकको जीवनमा परिवर्तन आउने गरी काम गरेमा स्थानीय सरकारको अनुभूती हुने सुझाब दिएका छन् ।

स्थानीय जनताहरुलाई ब्यवसायीक रुपमा उत्पादनसंग जोडी बजारीकरणको ब्यबस्था गर्ने र उत्पादनमा आधारित अनुदानको ब्यबस्था गरेमा प्रभावकारी हुने पत्रकारहरुको सुझाब छ ।

गुल्मी जिल्लाका दुई नगरपालिका सहित १२ वटा स्थानीय तह रहेका छन् । जसमा नेपाली काँग्रेसले पाँच , माओबादी केन्द्रले चार र नेकपा एमालेले तीन वटा स्थानीय तहमा नेतृत्व गरेको छ ।

SHARE