छोरीसंग प्रेम गरेको भन्दै शिक्षकले विद्यार्थी कुटे , बिद्यार्थी कुटने शिक्षक प्रहरीमा

0
229

साउन २५ ,२०७९ देउखुरी : दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर निर्घात कुटपिट गर्ने बुवा पाटेश्वर यादव लगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियाका १९ वर्षीय मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन् । उनको टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ । कुटपिट गरेको अभियोगमा पाटेश्वर यादव र उनका दाइ धिरजबहादुर यादवलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले घटनालाई प्रहरीले नजिकबाट अनुसन्धान गरिरहेको जानकारी दिनुभययो । प्रहरीका अनुसार प्रेम सम्बन्ध केटी पक्षकाले स्वीकार गर्न नसक्दा हुन गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मन्साराम यादव जनज्योति माध्यमिक विद्यालय बेला कक्षा १२ मा पढ्दैछन् । सोही विद्यालयमा पढाउने शिक्षक पाटेश्वर यादवले आफ्नी छोरीसँग प्रेम गाँसेको भन्दै मन्सारामलाइ बन्धक बनाएर कुटपिट गरेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको छ ।

दुवैबीच प्रेम सम्बन्ध रहेको केटीका बाबुले थाहा पाएपछि योजनाबद्ध रुपमा बन्धक बनाएर कुटपीट गरेको देखिन्छ । सोही योजना अनुसार साउन २० गते छोरीलाई विभिन्न डर धम्की देखाएर मन्सारामलाई बोलाउन लगाइएको थियो । कुटपिटबाट मन्साराम गम्भीर घाइते भएका छन् । इटा, ढुंगा, चिर्पट, भाटा, लाठीले अन्धाधुन्ध प्रहार गरेको पीडित मन्सारामले प्रहरी सामु बयान दिएका छन् । घाइते यादवको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भैरहेको छ ।

न्सारामलाई केटीका आफन्तले नक्कली चोर बनाएको कागजसमेत प्रहरीले बरामद गरेको छ । कागजमा केटीका आफन्तले ती केटालाई ‘म चोरी गर्न आएको थिएँ, चोरी गर्दागर्दै घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, यदि गरेको खण्डमा यही कागजका आधार उजुरी फिर्ता लिइने छु’, भन्ने लिखित कागज गरेका थिए ।

उक्त कागजमा केटालाई जबरस्ती सहीछाप गर्न लगाएको पीडितले प्रहरीसामु बयान दिएको प्रहरीले बताएको छ ।

SHARE