जिल्ला प्रशासन अगाडि नै कर्मचारीको धर्ना

0
194

हुमाकान्त पोखरेल
साउन २४,२०७९ गुल्मीः सरकारले तलब समायोजनमा विभेदपूर्ण व्यवहार गरेको भन्दै निजामती कर्मचारीहरु धर्ना बसेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि नायब सुब्बाका कर्मचारीहरु झण्डै एक घण्टा धर्ना बसेका हुन् । ‘संघीय निजामती ऐन तुरुन्त जारी गर्’, ‘राजपत्र अंकित कर्मचारी माथिको विभेदपूर्ण तलब समायोजन खारेज गर्’ जस्ता प्ले कार्ड सहित कर्मचारीहरु धर्नामा बसेका हुन् ।

शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुल्लातर्फ ५०, बढुवा ३० र आन्तरिक अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग राख्दै धर्ना गरिएको निजामति कर्मचारी ट्रेड यूनियनका अध्यक्ष खिमलाल अधिकारीले बताए ।

देश संघीय संरचनामा गइसक्दा पनि सरकारले निजामती सेवा ऐन ल्याउन नसकेको भन्दै सकेसम्म छिटो उक्त ऐन ल्याउन समेत अधिकारीले आग्रह गरे ।

नायब सुब्बाका कर्मचारीहरुले आज बिदा लिएका थिए ।

SHARE