दिवाकर पोख्रेल
देउखुरी साउन २४ गते । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालय राजधानी कार्यान्वयनमा सहजता प्रदान गर्न एक हप्ता भित्रै गढवा गाउँपालिकाको गोवरढीया सर्ने सहमति भएको छ ।
राप्ती प्राविधिक शिक्षालयमा रहेको क्षेत्रमै राजधानीका कार्यालयहरु राख्नुपर्ने भएपछि प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयलाई आवश्यक पर्ने संरचना निर्माण गरेर गढवा गाउँपालिकाको सरस्वती मावि विद्यानगर गोवरढीया सार्ने गरी सहमति गरेको थियो । विद्यालय छिट्टै सर्ने भनिएपनि विद्यालयको पठनपाठनमा आवश्यक पर्ने पुर्णसंरचना निर्माण भइनसकेको भन्दै उक्त स्थानमा सर्न मानिरहेको अवस्था थिएन ।
प्रदेश सरकारले स्थायी राजधानी कार्यान्वयन गर्नेमा तत्परता देखाउन थालेपछि विद्यालयलाई हप्तादिन भित्र सार्ने र प्रदेशका राजधानीका संरचना हालको प्राविधिक शिक्षालयमा सार्नेगरी सहमति भएको हो । मंगलबार बसेको राप्ती प्राविधिक शिक्षालय संचालक समिति र लुम्बिनी प्रदेश सरकारका बिचमा सातदिन भित्रमै शिक्षालय सार्ने सहमति भएको हो ।
अध्यनको लागि आवश्यक पर्ने भौतिक संरचनाहरु धेरैजसो निर्माण भइसकेकोले साउन ३१ देखि चरणगत रुपमा गोवरढीयामा सर्न सहमति भएको राप्ती शिक्षालयले जनाएको छ । राप्ती प्राविधिक शिक्षालयका प्रमुख सालिकराम डाँगीका अनुसार गोवरढीयामा ८० प्रतिसतको हाराहारीमा संचरना पूरा भएकाले उक्त स्थानमा सर्न समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकार मुख्यमन्त्रीले पनि संचनाको अभाव नहुने बताउनु भएको छ, राजधानी कार्यान्वयनको लागि पनि शिक्षालय गोवरढीया सार्ने औपचारिक सहमति भयो ।’
प्रमुख जिल्ला अधिकारी एवं सञ्चालक समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले बैठकमा अध्यक्ष हिरालाल रेग्मीले विद्यालयलाई स्थानतरण गर्नका लागि सबैले सहयोग गरि दिन आग्रह गर्नुभएको छ । प्रदेश सरकारले संचरना बनाउने भएप्छि सर्नको लागि समस्या भएन, ३१ गतेबाटै सर्ने कुरा भएको छ, उहाँले भन्नुभयो । बैठकमा सहभागी मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माण र राप्ती प्राविधिक शिक्षालयको विकासका लागि बरावरी प्राथमिकता राखेर काम गर्ने बताउनुभयो ।
मुख्यमन्त्री केसीले राजधानी कार्यान्वयनको सवालमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । साथै शिक्षालयको लागि आवश्यक पर्ने सम्पुर्ण संरचना बनाउन प्रदेश सरकार लागि परेकोले छिटो टुङ्गाउन निर्देशन समेत दिनुभयो ।
यस्तै बैठकले राप्ती प्राविधिक शिक्षालयलाई २०७९ साल साउन ३१ गते सार्ने, शिक्षालयलाई सो भवन एवं सामान बुजारतका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पत्रचार गर्ने, सार्नका लागि आवश्यक बजेट र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारकासँग बजेट माग गर्ने निर्णय गरेको छ ।