मानसिक अवस्था ठिक नभएकी महिलालाई जवरवस्ती करणी गरेको आरोपमा सुनार पक्राउ

0
256
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

साउन २२ ,२०७९ गुल्मीः गुल्मीमा मानसिक अवस्था ठिक नभएकी ३५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।

यहि साउन २० गते साँझ मालिका गाउँपालिका ७ का १९ वर्षीय रामबहादुर सुनारले धुर्कोट गाउँपालिका ६ की मानसिक अवस्था ठिक नभएकी ३५ वर्षीय महिलालाई जंगलमा जवरजस्ती करणी गरी फरार भएका थिए ।

फरार सुनारलाई खोजतलास गर्दा गाउँबाटै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिए ।

सुनारलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको खरेलले बताए ।

SHARE